धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

अत्तरिया : धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा एक बालकको डुबेर ज्यान गएको हो।

स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर अस्पतालमा चिकित्सकले परीक्षण गरेपछि शिद्धार्थलाई मृत घोषणा गरेका हुन्।

डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ। बालक खेल्ने क्रममा सो खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.