गौरीगंगा नगरमा कृषि उपकरण सामग्री वितरण

चौमाला, १८ असार : कैलालीको गौरीगंगा नगरपालिकाले नगर प्रमुख कृषि आधुनिकीकरण पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषियन्त्र उपकरण तथा सामग्री वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी गौरीगंगा नगरपालिकाको कृषि शाखाले नगर क्षेत्र भित्रका कृषक समूह र सहकारी संस्थालाई पावर टिलर (२२ एचपी) ११ थान, मिनि टिलर (९ एचपी ) ३ थान, रिपर ४ थान, सिँचाइ मोटर २ (एचपी) ९ थान, सिँचाइ मोटर (१.५ एचपि) ४ थान, सिँचाइ पाईप (४ ईन्च) ४७५ केजि, सिँचाइ पाईप (५ इन्च) १२५ ( केजि) र स्प्रे टङकि १६ लि.३ थान कृषिको क्षेत्रमा आधुनिकरण र यान्त्रिकिकरणमा सहयोग पुर्याउन ५० प्रतिशत अनुदानमा सो सामाग्री उपलब्ध गराएको कृषि शाखा प्रमुख विनोद चौधरीले जानकारी दिए ।
वितरण कार्यमा बोल्दै नगर प्रमुख देबिदत्त कँडेलले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए । कृषि क्षेत्रको विकासका लागि यान्त्रिककरण र आधुनिकरणमा आफुहरुले जोड दिएको उल्लेख गर्दै कँडेलले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर आफू लागिपरेको बताए । साथै, कृषिमा लाग्ने किसानलाई हौसला प्रदान गर्न अनुदानका सामग्री दिन थालिएको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा नगर उप प्रमुख भोजबहादुर बमले किसानलाई कृषि पेसा बाटै सबल बनाउने उद्देश्य सहित कृषि उपकरण वितरण गरिएको बताए । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिती आएकोले अब युवा लाई यहि कृषि कार्यमा लाग्न र व्यवसायीक बनाउन आफू लागि परेको बताए ।
कार्यक्रममा गौरीगंगा–१, वडा अध्यक्ष डबल दियाकोटी, नगर स्तरीय मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) विभिन्न कृषक तथा सहकारीका अध्यक्ष एबम प्रतिनिधिका साथै कृषकहरुको उपस्थिति रहेको थियो ।
पावर टिलर, मिनि टिलर लगायतका अन्य कृषि सामग्री पाएपछि कृषकहरुले खुशी ब्यक्त गरेका छन । नगरपालिकाले यस अघि पनि कृषकहरुलाई कृषि यन्त्र सामग्री वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.