अत्तरिया, १८ असार : कैलाली प्रहरीले ९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालु मुद्दाको १ र फैसला कार्यान्वयका ८ गरी ९ जना फरार प्रतिवादी पक्राउ गरिएको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला अदालत कैलालीबाट विभिन्न मितिको फैसलाले ८२ हजार रुपैयाँ जरिवाना भएका विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरुलाई जिल्लाका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा दाखिला गरेको जनाइएको छ ।
त्यस्तै, चालु मुद्दामा (चेक अनादर) फरार रहेका १ जनालाई पक्राउ गरी जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गराइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।