दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा अभिभावकलाई स्वागत

अत्तरिया : गोदावरी नगरपालिका–२, अत्तरियामा अवस्थित दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा तिनीहरूका अभिभावकलाई स्वागत् गरेको छ।

विद्यालयका सूचना अधिकारी रतनबहादुर कार्कीले यस वर्ष ३७० जना विद्यार्थी परीक्षा सहभागी भएका थिए, जस मध्ये ११८ जना उत्तिर्ण हुन सफल भएका छन्। ती मध्ये २४ जना विद्यार्थीले ३.२ जिपिए भन्दा माथिको ग्रेड हासिल गरेको जानकारी दिए। उनले विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

विद्यालयले सफल विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रममा उत्तीर्ण विद्यार्थी अनिता ठकुराठी र भूपेश भट्टले विद्यालयबाट प्राप्त गुणस्तरीय शिक्षाप्रति आभार व्यक्त गरेका थिए।

विद्यालयका निमित्त प्रधानाध्यापक हरी प्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय इन्चार्ज राम बहादुर कडायत, शिक्षक विक्रम खड्का र गगन राज भट्टले विद्यार्थी तथा अभिभावकलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक बालचन्द्र उप्रेतीले गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.