दशरथचन्द आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अवस्थी चयन

अत्तरिया, २० असार : कैलालीको गोदावरी नगरपालिका–४ दशरथचन्द आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपेन्द्र अवस्थी चयन भएका छन् । शुक्रबार गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको उपस्थितिमा बसेको बैठकले अवस्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अवस्थी गोदावरी धामको सचिव समेत रहेर काम गरिरहेका छन् । यस्तै गोदावरी गुरुकुल विद्यालयको सञ्चालक समिति सदस्य को जिम्मेवारीमा पनि रहेका छन् ।

समितिको सदस्यहरुमा, भानसिंह ढाँट, टेक खड्का, विन्दु तामाङ गोमती मडै, देवकी महरा र सदस्य सचिवमा दशरथचन्द आधारभुत विद्यालयका प्रधानाध्यापक हेक्कमत सिंह चौधरी रहेका छन् । २०२८ सालमा स्थानिा भएको विद्यालयमा पूर्वाधार नहुँदा विद्यार्थीहरु संख्या बढ्न सकेको छैन । अवस्थीले विद्यार्थी संख्या बढाउनका लागि आगामि शैक्षिक सत्र देखि अंग्रेजी माध्यामबाट पढाई गर्ने योजना रहेको बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.