Agni Offset Press

धनगढीको हिलवर्ल्ड स्कूलबाट एसईईमा ३.९६ जिपिए ल्याउने ठगुन्नालाई कम्प्युटर उपहार

Aarati simant

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । एसईई २०८१ को परीक्षामा धनगढीमै उत्कृष्ट नतिजा आएपछि विद्यालयले उत्साहित हुँदै विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम राखेको हो । विद्यालयबाट जम्मा २१ जनाले एसईई परीक्षा दिएकोमा ३.९६ जिपिए ल्याउँदै स्नेहा ठगुन्ना प्रथम भएकी हुन् । उनले कक्षा नर्सरी देखि १० सम्म हिलवर्ल्डमा नै अध्ययन गरेकी हुन् । यस्तै ३.६७ जिपिए ल्याएर संगिता चन्द दोश्रो र ३.६४ जिपिए ल्याएर सोनिया उपाध्याय तेश्रो भएकी हुन् । अन्य बाँकी विद्यार्थीहरुले ए र बी ग्रेड नै ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल डिआर शर्माले जानकारी दिए । विद्यालयले उत्कृष्ट नतिजा ल्याउनमा अभिभाकहरुको भूमिका पनि रहेको शर्माले बताए । उत्कृष्ट भएकी ठगुन्नालाई डेस्कटप कम्प्युटर मायाको चिनो (उपहार) दिएर खादा र कदरपत्र दिएर सम्मान गरेको हो । ठगुन्नाले कार्यक्रममा आफ्नो धारण राख्दै आफ्नो उत्कृष्ट नतिजा आउनुमा शिक्षक र अभिभाक ज्युको उत्प्रेरणा रहेको उल्लेख गरिन् । यस्तै दोश्रो र तेश्रो हुनेलाई साईकल मायाको चिनो दिएर खादा र कदरपत्र दिएर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर वम लगायतका व्यक्तिहरुले सम्मान गरेका हुन् । अन्य विद्यार्थीहरुलाई खादा र कदरपत्र दिएर सम्मान गरेको हो ।


कार्यक्रममा अध्यक्ष वमले कैलालीको शिक्षामा हिलवर्ल्डको उल्लेखीए भूमिका रहेको बताए । २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा राम्रो ल्याउनमा विद्यालयको मात्र नभएर शिक्षक र अभिभावकहरुको भूमिका रहेको बताए । उनले विद्यार्थीको भविष्यका लागि विद्यालय परिवार जहिले पनि चिन्तनशिल भएको बताउँदै अभिभाकहरुलाई आफ्नो नानीबाबुको विशेष ख्याल गर्न अनुरोध गरे ।
विद्यालयका शिक्षक खडक विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक उदयप्रताप सिंह, एसईईमा दोश्रो हुने संगिता चन्दले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

 

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.