
अत्तरिया, २१ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा मुख्य कार्यालय रहेको प्लानेट भिटि कम्प्युटर इन्स्टिच्युट १९ बर्षमा प्रवेस गरेको छ । २०६३ सालमा स्थापना भएको प्लानेट भिटिले विभिन्न सामाजिक क्रियाकलापहरु समेत गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा शनिबार विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रकहरु समेत सञ्चालन गरेको हो । गित, कविता र नृत्य प्रतियोविता गरेको थियो । प्लानेट भिटिका अत्तरिया धनगढीमा स्कूल, कलेज र इन्स्च्यिुटका शाखाहरु समेत रहेका छन् । अत्तरियामा एपेक्स बोर्डिङ स्कूल, मन्टेश्वरी स्कूल रहेका छन् । यस्तै धनगढीमा प्लानेट एजुकेशन कन्सल्टेन्सि, होटल म्यानेजम्यान्ट कलेज रहेको छ । प्लानेटभिटिले सामाजिक कार्यहरु जस्तै वृक्षारोपण, सार्वजनिक ठाउँमा सरसफाई कार्यक्रमहरु गर्दै आएको छ ।
हाल यस संस्थामा संग २५ जना कर्मचारी रहेका छन् । सुदूरपश्चिममा कम्प्युटर शिक्षाको नयाँ–नयाँ कोर्ष भित्र्याउँदै आएको छ । अहिले सम्म कम्प्युटर करिब २४ हजार बढी विद्यार्थीहरुलाई पढाई सकेको छ । ब्रिज कोर्ष, अङ्ग्रेजी भाषा करिव ४ हजार विद्यार्थीहरुर्लाइ र ट्युसन करिब चालीस हजार विद्यार्थीलाई अध्ययन गराई सकेको सञ्चालक पुस्करशर्मा जोशीले जानकारी दिए । जापानीज र कोरियन करिब १ हजार र अन्य विभिन्न कोर्षमा ४ हजार विद्यार्थीहरुलाई अध्यायपन गराई सकेको उनले बताए । ल्यापटप रिपेरिङ्ग, मोबाइल रिपेरिङ्ग, कम्प्युटर हार्डवयेर तथा अन्य तालिम गरि करिब २ हजार गरि करिब ८० हजार बढी विद्यार्थी पढिसकेका जनाएको छ ।
प्लानेटका संचालक पुष्कर शर्मा जोशी र संरक्षक मदन शर्मा र प्रवन्धक कल्पना विष्ट शर्मा रहेका छन ।। जोशीका अनुसार ६० लाख रुपैया शुल्क बराबरका विद्यार्थीहरुलाई होटेल म्यानेजम्यान्टमा निःशुल्क पढाउनेपछि आफै रोजगार लगाई दिने अफर रहेको छ । शुल्क रोजगार लगाईसकेपछि विस्तारै कटाउने उनको भनाई छ । ३.६ जेपिए ल्याएको विद्यार्थीहरुले होटेल म्यानेजम्यान्ट पढ्न चाहेमा उनीहरुलाई सतप्रतिशत निशुल्क रहेको जनाएको छ । त्यस्तै १२ लाख बराबर पहिलो भर्ना हुने विद्यार्थीहरुलाई ४० हजारका दरले ३० जनालाइ छुटको पनि व्यवस्था रहेको उनले जनाएका छन् । शुल्क रोजगार लगाईसकेपछि विस्तारै कटाउने उनको भनाई छ । त्यस्तै १२ लाख बराबर पहिलो भर्ना हुने विद्यार्थीहरुलाई ४० हजारका दरले ३० जनालाइ छुटको पनि व्यवस्था रहेको उनले जनाएका छन् । कार्यक्रम सञ्चालन एपेक्स स्कुलका प्रिन्सिपल समीर महराले गरेका थिए । कार्यक्रममा धनगढीको चैतन्य पाठसालाका प्रमुख गणेशराज जोशी लगायत, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
