कैलालीको लम्कीमा लागूऔषधसहित एक युवा पक्राउ

अत्तरिया : कैलालीको लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। शनिबार साँझ साढे ६ बजेको समयमा सोही स्थानका २७ वर्षीय लाल भुललाई लागूऔषध बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भुलको साथबाट खैरो हेरोइन जस्तो देखिने २२० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। फेला पारिएको लागूऔषधसहित भुललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.