सुदूरपश्चिम विश्वविद्यालयमा १४ साउनमा स्ववियू निर्वाचन

अत्तरिया : कञ्चनपुर महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए।
उनले भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको बताए। यसअघि सुदूरपश्चिमा दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.