काठमाडौँ : नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका १, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए ।
त्रिशूली नदीमा फेसका दुवै जनाको भर्खरै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ, सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले भने ।
उद्धार गरिएकाहरू ६७ वर्षीय पुरुष र ६२ वर्षीया महिला रहेका छन् । घाँसदाउरा गर्न गएका उनीहरू त्रिशूली नदीमा बाढी आएपछि फसेका थिए । नदीमा बाढी आएपछि उनीहरू सोमबारदेखि नै रुखमा चढेर बसेका थिए ।