बाँझो जमिनमा बिरुवा हुर्काउँदै डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत कृष्णदत्त

डडेल्धुरा : कृष्णदत्त भट्ट हाल डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत हुनु । तराईमा जन्मिएका भट्टले आफ्नो बुवाबाजेको थातथलो अजयमेरु गाउँपालिका–३, भद्रपुरनजिकै पल्लीसिरोली भन्ने स्थानमा ठुलो नर्सरी स्थापना गरेर विभिन्न जडीबुटीका बिरुवा हुर्काइ रहेका छन् ।

उनको नर्सरीमा हाल १५ हजार बोधिचित्तका बिरुवासँगै श्रीखण्ड, रुद्राक्ष, टिमुर, दालचिनी, बकाइनोलगायत गैरकास्ठमा बाँसका बिरुवा हुर्किरहेका छन् । बुवाका पालादेखि बाँझो रहेको जमिनमा उनले नर्सरीसँगै अगरउड, बोधिचित्तका सयौँ बिरुवासमेत रोपेका छ भने ठुलो बाख्राको खोरसमेत बनाई बाख्रापालन गर्दै आइरहेका छन् ।
वर्षमा दुई सय माउ बाख्रा पाल्ने लक्ष्य रहेको उनले सुनाए। दुई सय माउ बाख्रा पाल्दा एक वर्षमा पाँच सय पाठापाठी बेच्न मिल्ने उनले बताए । “वर्षमा पाँच सय बाख्रा, पाठापाठी बेच्न पाए राम्रै हुन्छ,” उनले भने, “यसको हिसाब जो कोहीले पनि गर्न सक्छ ।”

बाख्रापालनका लागि विभिन्न जातका १० हजार बिरुवा डाले घाँस रोपेको उनले बताए । यससँगै मौरीपालनको पनि योजना रहेको उनले बताए । आँप, लिची, चिउरीलगायत तातो क्षेत्रमा हुने सबै रुखबिरुवा हुर्कने भएकाले मौरीपालनको पनि योजना रहेको उनले बताए ।

आजभन्दा ३० वर्षअघि पहिलो पटक आफ्नो पुख्र्यौली घर घुम्न आएका भट्टले करिब तीन सय रोपनी जमिन एकलौटी भएको थाहा पाए । सो जमिनमा सल्ला मात्रै देखेपछि नर्सरीदेखि अरू काम गर्ने सोच पलाएको उनले बताए । बाँझो जमिनको सदुपयोग गरौँ भनेर लागिएको हो । उनले भने, “यसले अरूलाई पनि सिकाइ हुन्छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.