अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको पर्खाल भत्किएको छ । नगरपालिकाको पश्चिमतिरको पर्खाल भत्किएको हो । गोदावरी लगायत कैलाली र कञ्चनपुरमा आज मध्याहृ करिब एक घण्टा भारी वर्षा भएको थियो । यहाँका नदी तथा खोलाहरुमा पानीको बहाब बढेको छ ।
अत्तरिया चोक जलमग्न भएको छ भने गोदावरी नदीमा ६ जना फसेका छन् । उनीहरुको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।