अत्तरिया, २६ असार : कञ्चनपुरमा बसले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१ को बन्साह नजिकै बेलौरीबाट महेन्द्रनगरतर्फ गइरहेको सुपप्र ०२००१ ख ९२९ नम्बरको बसको ठक्करबाट सोही ठाउँको गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश टाफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बस चालक शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित पाेस्टहरु