अत्तरिया, २८ असार : गोदावरी नगरपालिका–२, अत्तरिया बसपार्क नजिक साकुरा एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । शनिबार औपचारिक रूपमा
कन्सल्टेन्सीको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले रिबन काटेर गरेका हुन् । साकुरा एजुकेसन कन्सल्टेन्सी तीन जना महिलाहरू– कमला शाह, रोशनी मल्ल र किरण जेठाराको संयुक्त लगानीमा स्थापना गरिएको हो ।
साकुरा एजुकेसन कन्सल्टेन्सी काठमाडौंको बागबजार स्थित हेलो एजुकेसन कन्सल्टेन्सीको मुख्य कार्यालय अन्तर्गतको अत्तरियामा पनि सञ्चालनमा ल्याइएको सञ्चालक रोशनी मल्लले जानकारी दिईन् । विद्यार्थी तथा रोजगारीका इच्छुक व्यक्तिहरूलाई जापान र कोरियामा अध्ययन तथा रोजगारीका लागि योग्य बनाउने उद्देश्यले कन्सल्टेन्सीले विभिन्न तयारी कक्षाहरू सञ्चालन गरिरहेको जनाएको छ । यसअन्तर्गत भाषा तालिमदेखि अन्तर्वार्ता तयारीसम्मका कक्षाहरू उपलब्ध गराइएका जनाएको छ ।
कन्सल्टेन्सीमा कोरियन र जापानी भाषाका कक्षा सञ्चालनमा साथै, अष्ट्रेलिया, क्यानडा, युके, डेनमार्क लगायत युरोपका विभिन्न देशहरूमा अध्ययन तथा रोजगारीको लागी जान चाहनेहरूलाई सेवा सुविधा प्रदान गरिएको जनाएको छ ।
साथै, जापानबाट आएका अनुभवी प्रशिक्षकहरूले कोरियन र जापानी भाषामा शैक्षिक तथा व्यवहारिक प्रशिक्षण दिने,कन्सल्टेन्सीले बेसिकदेखि एड्भान्स स्तरसम्मका कक्षाहरू सञ्चालन गर्ने जनाएको छ ।
सम्बन्धित पाेस्टहरु