कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा ३८ बर्षीय पुरुषको मृत्यु

अत्तरिया, २८ असार : कञ्चनपुरको बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–१० निवासी ३८ वर्षीय ललित राज जोशीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।
तर, उपचारको क्रममा राति ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.