गोदावरीमा शिक्षण सिकाई अनुदान नगर कार्यसमिति गठन, अध्यक्षमा बिष्ट

अत्तरिया, २८ असार : गोदावरी नगरपालिकामा संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको नगर कार्यसमिति गठन गरिएको छ । शुक्रबार अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा आयोजित भेलाले समैजी माविका शिक्षक केशब बिष्टलाई अध्यक्ष चयन गरेको हो ।
नवगठित नगर कार्यसमितिमा उपाध्यक्षमा सरस्वती जोशी, सचिवमा मुन्ना बहादुर दमाई र कोषाध्यक्षमा कृष्णा कुमारी महरा चयन भएका छन् । यस्तै सदस्यहरूमा हरि प्रसाद अवस्थी, टोपेन्द्र मलासी, चन्द्रा बिष्ट, मुकुन्द शर्मा, सिद्धराज जोशी, कृष्ण वि.क. र महेश नेपाली रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.