विपद्का सवालमा सञ्चारकर्मीहरुसंग धनगढीमा कार्यशाला

अत्तरिया, २९ असार : विपद्का सवालमा सञ्चारकर्मीहरुसंग कार्यशाला धनगढीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना युरोपियन युनियनको आर्थिक सहयोगमा प्रतिबद्ध परियोजनाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन सत्रमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की रहेका थिए । मन्त्री शार्कीले प्राकृतिक प्रकोपबाट बचाउन सञ्चारकर्मी तथा पुर्व सुचनाको महत्वपूर्ण भूमिका हुने बताए । सञ्चारकर्मीले आमनागरिकका जनहितका सुचनाहरुलाई विशेष प्राथमिकता दिन समेत अनुरोध गरे । प्रतिबद्ध परियोजनाले विपद् व्यवस्थापनका लागि गरेका कार्यहरुले ठुलो सहयोग गरिरहेको उनले बताए । विपद्लाई रोक्न त सक्दैनौ तर समयमै सचेत हुन सके मात्रै क्षति हुनुबाट बच्न सक्ने उनले उल्लेख गरे ।
कार्यक्रममा मौसम पुर्वानुमानमा आधारित पुर्वकार्य योजनाबारे प्रतिवद्ध परियोजनाको सालिक घिमिरेले प्रस्तुति राखेका थिए । प्रतिवद्ध परियोजनाकै उषा जोशी र पुष्पा घलेले विपद् संवेदनशील उत्तरदायी सामाजिक सुरक्षाबारे प्रस्तुति गराएका थिए । सुदूरपश्चिम प्रदेशमा विपद्को अवस्थावारे प्रतिबद्ध परियोजनाकै नबिन भण्डारीले प्रस्तुति राखेका हुन । यस्तै पत्रकार टेकेन्द्र देउवाले विपद्को सवालमा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुतिकरण राखेका थिए ।
कार्यक्रमको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले विपद्मा सञ्चारकर्मीहरुहरुको भूमिका उल्लेखीए रहने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्द भण्डारी, महासंघका प्रदेश महासचिव शिवराज भट्ट, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा विभिन्न मिडियामा कार्यरत पत्रकारहरु हरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन प्रतिवद्ध परियोजनाका तेज बोहराले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.