कृष्णपुरमा ‘नागरिकसँग मेयर’ स्वास्थ्य कार्यक्रम घरदैलो अभियानमा ३२ हजार ५ सय नागरिकको स्वास्थ्य परीक्षण

अत्तरिया, ३० असार : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले ‘नागरिकसँग मेयर’ स्वास्थ्य कार्यक्रम नागरिकका लागि निकै प्रभावकारी भएको बताएका छन् । नगरपालिकाले विगत चार महिनादेखि सञ्चालन गर्दै आएको यो कार्यक्रम नसर्ने रोगहरूको पहिचानका लागी घरघरमै पुगेर सेवा दिने अभियान रहेको जनाएको हो ।
नगर प्रमुख ओझाले आफू निर्वाचित भएदेखि नै नगरपालिका स्वास्थ्य क्षेत्रमा सुधारका विविध पहलहरू सञ्चालन गर्दै आएको र “नागरिकसँग मेयर” अभियानले नागरिकलाई स्वास्थ्य पहुँचमा ल्याउन ठूलो योगदान पु¥याएको बताउँदै सो कार्यक्रम आर्थिक बर्ष २०८१र०८२ अन्तर्गत चार महिना अघि सञ्चालन भई सोमबार समापन गरिएको बताए ।
उक्त अभियानबाट ३२ हजार ५ सय बढी नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताए ।
उनले अभियान अन्तर्गत “फिल्डमै समाधान गर्न सकिने स्वास्थ्य समस्या तत्काल समाधान गरिएको साथै आवश्यकता परे निःशुल्क रुपमा कृष्णपुर स्वास्थ्य चौकीमा उपचार र गम्भीर अवस्थामा सम्बन्धित अस्पतालमा निःशुल्क रिफर गर्ने व्यवस्था पनि गरिएको बताए ।
कृष्णपुर नगरपालिकाले १२ वटा स्वास्थ्य संस्थामार्फत निःशुल्क सेवा उपलब्ध गराउँदै आएको बताए । कृष्णपुर स्वास्थ्य चौकीमा पर्चा, २४ घण्टे उपचार सेवा लगायत ९८ प्रकारका औषधिहरू निस्शुल्क वितरण गरिँदै आएको उनले जानकारी गराए । प्रमुख ओझाले स्वास्थ्य अभियानमा प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी मधुमेह, मृगौला समस्या, रक्तचाप, लगायतका परीक्षण गरिएको साथै गरिबी, आर्थिक अभाव र जनचेतनाको कमीका कारण धेरै नागरिकले समयमा उपचार नपाइरहेको समस्या समाधान गर्न नगरपालिकाले अभियान सुरु गरेको बताए ।
ओझाले नगरपालिकाले आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाएर निरन्तर सञ्चालन गर्ने योजना रहेको बताए । उनले नियमित र गुणस्तरीय स्वास्थ्य सेवा नगरवासीको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको समेत बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.