दार्चुला जन्मीएका पन्त एक सफल उद्यमी बने

अत्तरिया : लामो समयदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएका डा. जनकराज पन्त एक सफल सञ्चार उद्यमी मात्र होइनन्, शिक्षा, समाजसेवा र नेतृत्व क्षमतामा पनि उत्तिकै प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन ।
सुन्दर सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८, अम्तोलीमा जन्मिएका डा. पन्त हाल टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष छन । उनले दृष्टि पाठशाला हाईस्कुल, स्टार मिडिया नेटवर्क लगायत आधा दर्जनभन्दा बढी संस्थाहरूमा अध्यक्षको भूमिकामा सक्रिय नेतृत्व दिँदै आएका छन ।
सञ्चार उद्योगमा लामो संघर्ष, अध्ययन र अनुभव संकलन गर्दै आएका डा. पन्तले एक दर्जनभन्दा बढी देशहरूको भ्रमण गरी सञ्चार, शिक्षा र प्रविधिका क्षेत्रमा गहिरो अनुसन्धान र अवलोकन गरेका छन । उनको नेतृत्वमा सञ्चालित संस्थाहरूमा करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जुन उनको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रतिविम्ब हो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्तिमार्फत सहयोग गर्दै आएका डा. पन्त सामाजिक र मानवीय सेवामा सधैं अग्रसर छन । उनको जीवनदर्शन ‘सेवा नै धर्म हो’ भन्ने भावनासँग गासिएको देखिन्छ ।
पारिवारिक पक्षमा उनका एक छोरा इन्जिनियर साजन पन्त र एक छोरी दृष्टि पन्त छन भने धर्मपत्नी कुमारी नबिता फुयाल पनि सञ्चार क्षेत्रमा सक्रिय योगदान दिइरहेका छन । डा. पन्तको जीवन यात्रा मिडिया, शिक्षा र समाजसेवामा केही गर्न चाहने जो कोहीका लागि प्रेरणाको स्रोत हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.