अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने जोड दिएका छन ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका १६ रामपुर कैलालीले बिहिबार बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा महोत्सव २०८२ ऐतिहासिक पश्चिमको ऐतिहासिक श्रावण मेलाको उदघाटन गर्दै उनले यस्तो जोड दिएका हुन ।
उनले बेहडाबाबा मन्दिरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाइ निर्देशन दिए ।