जाखोर तालमा अवलोकन गर्न आउनेलाई सांस्कृतिक पोशाक, रन्जिता गर्छिन राम्रो आम्दानी

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवहरिया बस्ने रन्जिता चौधरी सांस्कृतिक पोशाकबाट राम्रो आम्दानी गर्न थालेकी छन् ।
देवहरियास्थित जाखोर ताल अबलोकन गर्न आउने पर्यटकले विभिन्न सांस्कृतिक पोशाक प्रयोग गरे बाफतको रकमबाट उनी मासिक २८ हजार आम्दानी गर्छन । आन्तरिक र बाह्य पर्यटक फोटो खिच्न सो पोसाक लगाउने गर्छन् । उनले एक पोशाक एक घण्टा सम्मका लागि लगाउन मिल्ने बताइन् । एक घण्टासम्म लगाउने पर्यटकबाट एक सय रुपैयाँ लिने गरेको उनले बताइन् । यदी एक घण्टा भन्दा बढी समय गए थप रुपैयाँ लिने गरेको उनले बताइन् ।
‘यसबाट मासिक ३५ हजार आम्दानी हुन्छ’ उनले भनिन् ‘मासिक ७ हजार तलब दिएर एक जना कर्मचारी राखेकी छु । तलव छोडेर मासिक २८ हजार बचत हुने गर्दछ ।’ शनिबार र बिदाको दिन कमाई बढि हुने गरेको उनले बताइन् ।

एक पोशाक एक घण्टा सम्मका लागि लगाएमा एक सय रुपैयाँ लिने गरेको छन । यदी एक घण्टा भन्दा बढी समय गए थप रुपैयाँ लिने गरेको हो ।

उनले भनिन ‘हामीसंग चौधरी, रानाथारु, डगौरा, नेवार, ठकुरी, क्षेत्री, मगर, सेर्पा जातिले लगाउने पोशाकहरु उपलब्ध छन ।’ जाखोर ताल अवलोक गर्न आउने पर्यटकहरु नेपालको मात्र नभई छिमेकी राष्ट्र भारत र अन्य देशबाट पनि आउने गरेको उनले बताइन् । फोटो खिचाउनका लागि विभिन्न पोशाकको माग हुने गरेको उनले बताइन् । उनले भनिन ‘६ जनाको परिवार छ ,एक छोरा एसईई दिएर बसेका छ्न । अर्को छोरा निजी विद्यालयमा ४ कक्षामा पढ्दै छन । सबै यही पेसाबाट खर्च व्यवस्थापन गरेकी छु ।’
यो पेसाबाट जीवनस्तर सुधार हुँदै गएको उनले बताइन् । ‘कामको खोजी गरिँदै थियो । घरको काम जति गरे नि केही नहुने,म र श्रीमान मिलेर केही गर्नुपर्छ भनी सल्लाह ग¥यौँ र पछि यो व्यापारमा लाग्यौँ’ उनले भनिन् ‘यसबाट राम्रै आम्दानी भइरहेको छ । पैसा आइराख्छ,पहिलाको जस्तो समस्या हुँदैन ।’
उनले भनिन् ‘दैनिक आउने पर्यटकहरु बढीजसो सांस्कृतिक पोशाक खोज्ने गर्दछन् । मगरले लगाउने लेहङ्गा,क्षेत्री महिलाले लगाउने साडी र चौधरी डगौराले लगाउने फरिया पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.