टीकापुरमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

अत्तरिया : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको अभियोगमा कैलालीको टीकापुर नगरपालिका–४ मौरनियाका रामकृष्ण चौधरीलाई आज सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.