अत्तरिया : ४३ विपि औँ स्मृतिको अवसरमा अत्तरियामा बिरामीलाई फलफूल वितरण गरेको छ । नेपाली कांग्रेस गोदावरी नगरकार्य समितिले मंगलबार गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा उपचार्थ बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
काँग्रेस गोदावरी नगर सभापति विरबहादुर चोखालको नेतृत्वमा फलफूल वितरण गरिएको जनाएको छ । विपिको सिद्धान्तलाई आत्मसाथ गर्दै काँग्रेसलाई बलियो र सुदृढ बनाउदै लैजानुपर्नेमा चोखालको जोड रहेको छ । विपिले गरेका राम्रा कामको अनुसण गर्दै पार्टीलाई एकतावद्ध र विपिको नितीलाई अवलम्बन गरी अघि बढ्न सबैलाई सबैलाई उनले आग्रह गरे ।
फलफूल वितरण कार्यक्रममामा क्षेत्रीय सभापति वसन्त रोकाया, प्रदेश सभापति गोपालदत्त भट्ट, वडा सभापतिहरु, वडा अध्यक्ष, नेपाल तरुण दल लगायतको उपस्थिति रहेको थियो । विपिको ४३ औँ स्मृति विभिन्न ठाउँमा विविध कार्यक्रम गरी मंगलबार भव्यरुपमा मनाईएको हो ।
सम्बन्धित पाेस्टहरु