एमाले गोदावरी नगरले मनायो पुष्पलाल स्मृति दिवस

अत्तरिया, ७ साउन : नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको स्मृति दिवस अवसरमा नेकपा (एमाले) गोदावरी नगर कमिटीले विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पुष्पलाल श्रेष्ठको योगदान, विचार र बलिदानलाई सम्झिँदै गहिरो सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी कार्यालय, बनखेतमा आयोजित कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । स्व. पुस्पलाल श्रेष्ठको सम्झनामा देशभर जस्तै गोदावरीमा विशेष श्रद्धाञ्जलीको आयोजना गरेको नगर सचिव विक्रम विष्टले जानकारी दिए । कैलालीका अन्य ठाउँमा पनि वृक्षारोपण लगायत विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.