अत्तरिया, ७ साउन : प्रजातन्त्रबादी प्राध्यापक संघ, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका सभापति हर्कबहादुर साउदको अध्यक्षता तथा प्रमुख अतिथि जनकराज जोशी, विशिष्ट अतिथि डा. नरेन्द्र बहादुर ऐर र डा. डम्वर बहादुर पालको आतिथ्यतामा सम्पन्न कार्यक्रम संघका सचिव भुवनराज जोशीले सञ्चालन गरेका थिए ।
सभामा विभिन्न वक्ताले संघको गतिविधि, आदर्श र भावी योजनामाथि स्पष्ट धारणा राख्दै संघलाई अझ सुदृढ र परिणाममुखी बनाउन सुझावहरू प्रस्तुत गरे । संघका कोषाध्यक्ष लोकबहादुर महराले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मतिमा पारित गर्यो । साथै, नवप्रवेशी प्राध्यापकहरूलाई संघमा स्वागत तथा सम्मान गरिएको थियो ।
सभाले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका १६ क्याम्पसका प्रजातन्त्रबादी प्राध्यापक संघहरूबीच सल्लाह र समन्वय गर्न बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । सो जिम्मेवारी दुर्गालक्ष्मी क्याम्पसका सभापति साउद र उनको कार्यसमितिलाई दिइएको छ । संघले विगतदेखि प्रजातान्त्रिक मूल्य प्राध्यापकहरूको हक–हितका लागि सक्रिय रूपमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि त्यो प्रतिबद्धता कायम राख्ने स्पष्ट गरेको छ ।
सम्बन्धित पाेस्टहरु