अत्तरियामा खानेपानीको महसुल नतिर्ने ग्राहकको मिटर काटिँदै

अत्तरिया, ७ साउन : गोदावरी नगरपालिकामा रहेको अत्तरिया साना सहरी खानेपानी संस्थाले महसुल नतिर्ने ग्राहकको मिटर काट्न सुरु गरेको छ । संस्थाले ५ महिना सम्म खानेपानीको लाइन नतिर्ने ग्राहकको मिटर काट्न सुरु गरेको हो । संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले पटक पटक सूचना गर्दा पनि महसुल नतिर्ने ग्राहकको २–३ दिन देखि मिटर लाइन काट्न सुरु गरिएको जानकारी दिए ।
उनले पटक पटक सूचना गर्दा पनि हाल १६ भन्दा बढी ग्राहकले समयमा खानेपानीको महसुल नतिर्ने गरेको बताए । मिटर लाइन काटेका ग्राहकले पुनः जडान गर्न चाहेमा महसुल तिरेर थप नयाँ जडान शुक्ल १५ सय तिर्नुपर्ने उनले बताए ।
गोदावरी नगरपालिका वडा नम्बर १, २ र ४ का खानेपानी वितरण गर्दै आएको संस्थामा हाल ५ हजार ५ बढी उपभोक्ताहरू रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.