गोदावरीको स्याउलेमा प्रहरीको छापा,दुई भरुवा बन्दुकसहित दुई युवक पक्राउ

अत्तरिया : गोदावरी नगरपालिका–८ स्याउलेमा अवैध हतियारको सुराकीका आधारमा प्रहरीले राति साढे २ बजे दुई घरमा छापा मारेर दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त प्रहरी टोलीले रजमान चौधरी र रामबहादुर चौधरीको घरमा खानतलासी गरेको थियो।रजमानको घरबाट भरुवा बन्दुक सहित २६ वर्षीय छोरा राजकुमार चौधरीलाई पक्राउ गरिएको छ। यस्तै, रामबहादुर चौधरीको घरबाट गोली भरिएको भरुवा बन्दुक (लोड गरिएको छर्रासहित) बरामद भएपछि उनका २३ वर्षीय छोरा चन्द्रबहादुर चौधरीलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.