अत्तरियाबाट डेढ किलो चरेससहित ४ जना पक्राउ 

 अत्तरिया : कैलालीको गोदावरी नगरको अत्तरियाबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ ।

बिहीवार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो चरेस बरामद गरिएको डिएसपी चन्दले बताए ।

यस्तै बिहीवार राति नै डिएसपी चन्द कमान्डको टोलीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेससहित ३ जनालाई पक्राउ गरेका छ । हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई चरेससहित पक्राउ गरेको डिएसपी चन्दले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.