अत्तरिया : राना समुदायका महिलाहरुले तीज विशेष सावनको डोलाको रौनक छ । घरआँगनमा टेन्ट निर्माण गरी नाचगान गर्नुका साथै राना परिकार खाएर तीज विशेष साउनको डोला मनाउन गरेका छन् ।
राना समुदायका महिलाहरुले पूर्णिमा र औंसीको दिन पारेर सावनको १ गते डोला निर्माण गरि विधिवत रुपमा तीज सुरुवात गर्दछन् । राना समुदायकी जानकार फिरियादेवी रानाले तीज सुरुवात गरिसकेपछि पिङ खेल्ने नाचगान गर्ने गरिएको बताइन् । ‘साउन ११ गते समापन हुन्छ । ठिक त्यस्को तीनदिन साउन ९ गते हामी विविध कार्यक्रमको आयोजन गरि तीज मनाउने गर्दछौँ’ उनले भनिन् ‘११ गते निरहार ब्रत बसी दाइभाइको दीर्घायुको कामना गर्दै तीजको समापन गर्दछौँ।’
उनले झुला निर्माण गर्दा ७ गाठो बाधिने र समापनको दिन सो गाठोलाई पूजा गर्दै दाइभाइको दीर्घायुको कामना गरी नदीमा सेलाइने गरेको बताइन् ।
धनगढी उपमहानगरपालिका– ११ मा तीज मनाइएको छ । आज रानाथारु तीज तथा साउनको डोला आयोजक समितिले विविध कार्यक्रमको आयोजना गरी तीज मनाएको हो । सो कार्यक्रमको उदघाटन धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकलाकुमारी रानाले गरेको आयोजक सुनिता रानाले बताईन ।