अत्तरिया : सञ्चालन तथा व्यवस्थापन कार्यविधिको टुंगो नलाग्दै रानी जमरा कुलरिया सिँचाई आयोजना अन्तर्गत निर्मित विद्युत गृह उद्घाटनको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (मंगलवार) विद्युत गृह उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको हो ।
राष्ट्रिय गौरवको सिँचाई आयोजनाले जानकी गाउँपालिका वडा नम्बर ९ कटासेमा विद्युत गृह निर्माण गरेर उत्पादन सुरु गरेको छ । ४ दशमलव ७१ मेगावाट क्षमताको विद्युत गृहले २०८० माघ १६ गते परीक्षण उत्पादन सुरु गरेको इन्जिनियर अनिष श्रेष्ठले जानकारी दिएका छन् ।
‘त्यस यता पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ’ उनले भने–‘कहिले काहीँ समस्या आउने कुरा सामान्य हो ।’ आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रसारण केन्द्रमा पठाएको छ । प्रसारण केन्द्रले सो विद्युत ३३ केभी मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।
विद्युत गृहले नियमित उत्पादन गर्दै आएको भएपनि सञ्चालन तथा व्यवस्थापन कार्यविधिको भने अझै टुंगो लाग्न सकेको छैन । आयोजनाले २०८० पुष महिनामै सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो ।
सम्बन्धित पाेस्टहरु