अत्तरिया, १३ साउन : गौरीगंगानगरपालिका–६, बनबेहडा विजयनगर टोल बस्ने २८ वर्षीय टेक बहादुर रोकायाको बासकल्लु (तामा) खोज्न जाने क्रममा यहि साउन १० गते देखि सम्पर्क विहिन भएका छन् । शनिबार बिहान ८ बजे घरदेखि बासकल्लु (तामा) खोज्न दुईजना अन्य ब्यक्ती सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४, को तल्ला रौला जंगल बाट सम्पर्क बिहिन भएको जनाएको छ ।
उनको साथमा अन्य दुई जना पनि गएका थिए । उनीसंगै गएका पूर्ण चौहनका अनुसार तीन जना बासकल्लु टिप्न भनेर तल्ला रौला जंगल गएका थिए । चार दिनदेखि सम्पर्कबिहिन रोकायाका घरपरिवारमा चिन्ता छाएको छ । लगातार चारदिन देखि स्थानीयबासी, ईलाका प्रहरी कार्यालय चौमाला र सशस्त्र प्रहरी बडिमालिका गण बनबेहडा लगायतको टोलिले रोकायाको खोजी कार्य जारी गरिरहेको छ ।
सम्बन्धित पाेस्टहरु