वनबेहडाका ४ दिनदेखि वेपत्ता पुरुष मृत फेला

अत्तरिया, १३ साउन : गौरीगंगा नगरपालिका–६, वनबेहडा विजयनगर टोल बस्ने २८ वर्षीय टेक बहादुर रोकाया मृत फेला परेका छन् । तामा खोज्न जाने क्रममा साउन १० गते देखि उनी सम्पर्क विहिन भएका थिए । मंगलबार स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले वेपत्ता पुरुष भएको पुष्टि गरेको हो । शव सडेको अवस्थामा भेटिएको छ ।
शनिबार बिहान ८ बजे घरदेखि बासकल्लु (तामा) खोज्न दुई जना अन्य ब्यक्तीसँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४, को तल्ला रौला जंगल बाट सम्पर्क विहिन भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.