अछाम मेल्लेख गाउँपालिकाको पहिलो महिला प्रशासकीय अधिकृतमा ताम्राकार

अछाम : अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला जिम्मेवारी पाएकी छन । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।

ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बनेकी हुन । आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ९४० अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो ।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको प्रतिक्रिया छ ।

२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा ताम्राकार सफल भइन । प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आएका छन । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेकी हुन ।

१२ कक्षामा व्यवस्थापनपछि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अध्ययन गरेकी छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.