थारु समुदायमा मनाईने अट्वारी भदौँ ८ गते, प्रदेश सरकार द्वारा सार्वजनिक विदा दिने निर्णय

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले अट्‌वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस अघि प्रदेश भर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि दिईएको उक्त बिदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो । थारु समुदायले प्रदेश सरकारले गलत समयमा अट्वारीको विदा दिएको भन्दै संशोधन गर्न माग गरेको थियो ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने भएको छ । कार्यकारी समितिको निर्णय प्रस्ताव गरे अनुसार मन्त्रिपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते गर्ने निर्णय गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.