बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र परिचालन

अत्तरिया : बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुवान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्रका सह प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार, सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुवान पर्नसक्ने भएकाले उद्दारका लागि सुरक्षाफौज परिचालन भएको हो ।

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा मानिन्छ ।

डुवानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको हो ।

त्यस्तै, डुवानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.