कैलाली कारागारमा लफडा, एकको मृत्यु, ४७ जना घाइते

अत्तरिया : कैलालीको धनगढीस्थित कारागारमा कैदीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कैदीबिच भएको कुटाकुटमा धनगढीका भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कैदीबिच भएको कुटाकुटमा ४७ जना घाइते भएका जोशीले जानकारी दिए । घाइते कैदीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कैलाली कारागारमा बिहीबारपनि कैदीबिच झगडा भएको थियो । त्यस दिनको घटनामा पनि केही कैदी घाइते भएका थिए ।

कैदीबिच झगडा भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रहरी अधिकारीले पुगेर विवाद मिलाउने प्रयास गरेका जनाइएको छ । प्रमुख जिल्ला अधिकारीको प्रयासका बावजुद कैदीबिचको झगडाले झन उग्र रुप लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.