झाडापखालाबाट एक बालिकाको मृत्यु

बैतडी, २६ साउन : बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको झाडापखालाबाट मृत्यु भएको शिक्षक समेत रहेका स्थानीय भरत नेगीले बताए ।
तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा घरमै निधन भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताए । महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ ।
मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको निधन भएपछि घर फर्किन लागेका शिक्षक नेगीले बताए।सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताए । पखालाबाट एकजनाको मृत्यु भएको र दुईजनामा पखाला देखिएपछि हाडाकोट स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएको उनले बताए । जोखल्ली गाउँ स्वास्थ्यचौकीबाट टाढा रहेको र आफूले अहिले उक्त गाउँमा गइरहेको हाडाकोट स्वास्थ्यचौकीका प्रमुख विरेन्द्र बोहराले बताए।गाउँमा पुगेपछि मात्रै घटनाका बिषयमा एकीन हुने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.