बडिमालिकामा आवगमनलाई सहज बनाउन मुख्यमन्त्रीको निर्देशन

अत्तरिया, २८ साउन : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको सहज आवगमनलाई सहज बनाउन विभागिय मन्त्रालयलाई निर्देशन दिएका छन ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगती समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमनलाई सहज बनाउन निर्देशन दिएका हुन । उनले बडिमालिका दर्शन गर्न गएका मध्ये दुई जनाको दुःखद् निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै यसै वर्ष भित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राविधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए ।
बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यवाद दिदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताए । साथै उनले वन क्षेत्रबाट संकलित काठ विक्रि गर्ने वन पैदावार बोलपत्र आह्यवान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनै पनि कार्य टेण्डर मार्फत गर्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.