अत्तरिया बसपार्कमा बागेश्वरी मल्टिमोटर्सको ‘एक्सचेञ्ज मेनिया’ सुरु

अत्तरिया, १ भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियाको बसपार्कमा बागेश्वरी मल्टीमोटर्स टिभिएस शोरूमले एक्सचेन्ज मेनिया “अफर“ सञ्चालन गरेको छ ।
जगदम्बा मोटर्स नेपालको अत्तरियाका लागी आधिकारिक बिक्रेता रहेको बागेश्वरी मल्टिमोटर्सले अत्तरिया बसपार्कमा “टीभीएसको“ ‘एक्सचेञ्ज मेनिया’ अफर ७ दिन सम्म निरन्तर संचालन गर्ने भएको छ ।
अफर अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर आईतबार देखी सञ्चालन गरेको हो ।
अत्तरिया बागेश्वरी मल्टिमोटर्स (टीभीएस शोरुम) का सञ्चालक प्रेम साउदले एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइने जानकारी दिए ।
उनले ५ वर्ष देखि अत्तरियामा बागेश्वरी मल्टीमोटर्स नामबाट आधिकारिक रूपमा टिभिएस कम्पनीको मोटरसाइकल र स्कुटर बिक्री गर्दै आइरहेको बताउँदै ग्राहकहरुको सुविधाको लागी आईतबार अर्थात् भाद्र १ गते देखि एक्सचेन्ज मेनिया अफर सञ्चालन गरिएको बताए । उनले ग्राहकहरुलाई बढी भन्दा बढी छुट कसरी दिन सकिने साथै उक्त कम्पनीको मोटरसाइकल र स्कटुरको छुट, विशेषता र अपग्रेडको बारेमा जानकारी दिँदै आइरहेको बताए ।
उनले आईतवार देखि भाद्र ६ गते सम्म संचालन गरिएको एक्सचेन्ज मेनिया अन्तर्गत टिभिएस कम्पनीको दुई वटा नयाँ रङ्गको स्कुटर र मोटरसाइकल प्रदर्शन सँगै ग्राहकहरुलाई विशेष छुट अफर राखिएको बताए । जस अन्तर्गत ग्राहकहरुले नयाँ मोटरसाइकल खरिद गर्दा ८ हजार र नयाँ स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँ बराबरको नगद छूट उपलब्ध गराएको बताए ।
यस्तै एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल र स्कुटरमा बजार मूल्याङ्कन भन्दा १० हजार थप गरिएको बताए । एक्सचेन्जमा गुड्दै नगुड्ने कुनै पनि कम्पनीको मोटरसाइकल तथा स्कुटर ल्याउँदा न्यूनतम मूल्यांकन ३० हजार रहेको बताए । उक्त अफरहरुमा एक्सचेन्ज गरेर नयाँ टिभिएस कम्पनीको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने जनाएको छ ।
साथै फ्री एक्सेसोरिज सुविधा अन्तर्गत हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ । जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.