भारतबाट ल्याइदै गरेका कुखुराका चल्ला सशस्त्र प्रहरीद्वारा बरामद्

अत्तरिया : भारतबाट अवैध रुपमा भित्र्याइरहेको ५ लाख मुल्यको कुखुराको चल्ला सहित तीन जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । कुखराको चल्ला ओसार्न प्रयोग गरिएका तीन मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीबाट खटिएको टोलीले आइतबार बिहान साढे चार कैलारी गाउपालिकाको मोहनपुर सीमा इलाकाबाट भारतबाट नेपाल भित्रयारहेको कुखुराको चल्ला सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउपालिकाको वार्ड नम्बर ३ मोहनपुरका ३२ बर्षीय दिपकराम चौधरी, २७ बर्षीय सन्चीराम चौधरी र २० बर्षीय सुवास चौधरी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका सामानमा २० कार्टुन १२० वटा कुखुराका चल्ल, केवल वायर र उक्त सामान बोक्न प्रयोग गरिएका ३ वटा मोटरसाइकल रहेका छन् ।

पक्राउ गरिएका चल्ला र सामान पशु क्वारेन्टाईन कार्यालय कैलाली, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली, कैलाली भन्सार कार्यालय धनगढीका प्रतिनिधिहरु सहितको रहोवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको आन्तरिक पेरिमिटर भित्र नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। पक्राउ परेको व्यक्ति, केवल वायर र मोटरसाइकललाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.