नेपालले मेलर्वन रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं : टप एण्ड टी २० सिरिजको पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई १४० को विजयी लक्ष्य प्रस्तुत गरेको छ। अष्ट्रेलियाको पार्मर्स्टनस्थित काजालिस ऐरिनामा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए। उनले २२ बलमा २९ रन जोडेका थिए। ओपनर कुशल भुर्तेल १ रनमा बोल्ड हुँदा अर्का ओपनर भिम सार्कीले १७ रन बनाए। आरिफ शेखले १२, कप्तान दिपेन्द्र सिंह ऐरीले २७ र लोकेश बमले २४ रन बनाए ।

रुपेश सिंह १६ र साहब आलम शुन्यमा अविजित रहे। मेलर्वन रेनेगेड्सको लागि फर्गुस ओ निल, कालुम स्टो, लच्लान ब्याङ्स र मिचेल आर्चरले समान २–२ विकेट लिए। नेपालले अघिल्लो ३ खेलमा हार बेहोर्दै चौथो खेलमा हर्बट हुरिकेन्सलाई ६६ रनले हराएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.