टप एण्ड टी-२० सिरिज : नेपालले मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले हरायो

अत्तरिया : टप एण्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ। नेपालले सिरिज अन्तर्गत आज आफनो पाँचौ खेल खेलेको थियो। बुधबार डार्विनको पाल्मेर्स्टोनमा काजालिस ऐरेनमो भएको खेलमा नेपालले मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले हराएको छ ।
नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलर्बनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन मात्र बनायो । मेलर्बनका लागि अर्जुन नैरले सर्वाधिक २६ रन बनाए । जे लेमियरले १८ रन बनाए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिए। त्यस्तै, शहाब आलम र रुपेश सिंहले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालको लागि कुशल्ल मल्लले सर्वाधिक २९ रन बनाए। मल्लले २९ रन बनाउने क्रममा १ चौका र १ छक्का समेत प्रहार गरे। त्यस्तै, नेपालका ओपनर कुशल भुर्तेल १ रन बनाउँदा भिम सार्कीले १९ रन बनाए । आरिफ शेख १२, दिपेन्द्र सिंह ऐरि २७, गुल्शन झा २ र लोकेश बम २४ रन बनाएर आउट भए। नन्दन यादव १ रन तथा रुपेश सिंह १६ रन बनाउँदै नटआउट रहे ।

मेलर्बनका लागि र्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २(२ विकेट लिएका छन्। नेपालले खेलेको पाँच वटा खेलमा तीनमा हार र दुईमा जित हासिल गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.