बझाङ्गी सेवा समाज अत्तरियाद्वारा रक्तदान कार्यक्रम आयोजना

अत्तरिया : बझाङ्गी सेवा समाज अत्तरियाद्वारा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्तदान कार्यक्रममा अत्तरिया हस्पिटल र नेपाल रेडक्रस सोसाइटीले सहकार्यमा भएको हो ।

रक्तदान नै जिवनदान हो, सेवा नै धर्म हो भन्ने नाराका साथ मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९ औं जन्म जयन्तीको अवसरमा शनिबार अत्तरिया हस्पिटलमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको आयोजक सेवा समाजका अध्यक्ष झलक अयडीले जानकारी दिए।
यस्तै कार्यक्रममा ११० पटक रक्तदान गर्ने व्यक्तित्व दीपक उपाध्यायलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम १२ बजेसम्म चल्ने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.