अत्तरियाको दुर्गालक्ष्मी नमुना माविको अध्यक्षमा हरिदत्त भट्टराई सर्वसम्मत चयन

अत्तरिया, १९ भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिदत्त भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार विद्यालयमा बसेको भेलाले भट्टराईलाई अध्यक्षका रूपमा अनुमोदन गरेको हो ।
यसअघि भदौ १३ गते विद्यालयको व्यवस्थापन समिति गठनका लागि अभिभावक तर्फबाट चार प्रतिनिधि, भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाल चयन भएका थिए । यस्तै वडा तर्फबाट वडाध्यक्ष यज्ञबहादुर महरा, नगर तर्फबाट मञ्जु साउँद र हरिदत्त भट्टराई प्रतिनिधि बनेका थिए । नियमअनुसार प्रतिनिधिहरूमध्येबाट अध्यक्ष चयन गर्नुपर्ने प्रावधान अनुसार भट्टराई सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
नयाँ अध्यक्ष चयनसँगै विद्यालयले नयाँ व्यवस्थापन समिति पाएको छ । समितिमा वडा अध्यक्ष यज्ञबहादुर महरा पदेन सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक ललनप्रसाद चौबे सदस्य–सचिवको भूमिकामा रहनेछन् ।
शिक्षा क्षेत्रलाई सुदृढ बनाउन र विद्यालयको गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नयाँ समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.