जेन–जी आन्दोलनमा बझाङका युवाको मृत्यु

काठमाडौँ : बानेश्वरमा भएको जेनजेड पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली निवासी सुवास बोहरा रहेका छन्। उपचारको क्रममा उनको निधन भएको हो।

बोहराले कैलाली मल्टिपल क्याम्पसमा कानून विषयमा दोस्रो सेमेस्टरसम्म अध्ययन गरेका थिए। त्यसपछि उनले पढाइ छाडेर काठमाडौँ गएका थिए। यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.