गोदावरी नगरपालिकामा आगजनिपछि अत्तरियाका व्यावसायी देउवा र सर्वोत्तम पेन्ट्सको सहयोग

अत्तरिया, ३० भदौ : कैलालीको गोदावरी नगरपालिकामा आगलागीबाट सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि सहयोगदाताहरु अगाडि आउन थालेका छन । भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले कार्यालय पुरै ध्वस्त पारेको छ । सोमबार अत्तरियाका युवा व्यवसायी तथा गड्तौला सप्लायर्स अत्तरियाका प्रोप्राइटर प्रकाश देउवाले नगरपालिका कार्यालयलाई एक थान कुर्सी र एक थान कलर प्रिन्टर उपलब्ध गराउँदै पुनर्निर्माण अभियानमा हातेमालो गरेका छन् ।
देउवाले उपलब्ध गराएको सामग्रीलाई गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । देउवाको योगदानप्रति नगरपालिकाले आभार व्यक्त गर्दै उनको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिएको छ ।
यस्तै, सर्वोत्तम पेन्ट्सले समेत सहयोगका रूपमा रु. ७५ हजार नगद गोदावरी नगरपालिकाको खातामा जम्मा गरेको जानकारी नगरपालिकाले दिएको छ ।
हालैको आगलागीमा नगरपालिकाको सम्पूर्ण भौतिक संरचना, कागजात, कम्प्युटर तथा उपकरणहरू नष्ट भएपछि नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, संघ–संस्था, व्यवसायी तथा आम नागरिकलाई सहयोगका लागि अपिल गर्दै आएको छ ।
नगरप्रमुख भट्टका अनुसार सहयोग संकलन पारदर्शी ढंगले सञ्चालन गर्न एनआइसी एसिया बैंकमा विशेष खाता नम्बर र क्युआर कोड सार्वजनिक गरिएको छ । उनले स्थानीय सरोकारवाला सबैलाई हातेमालो गर्दै नगरलाई पुनः पूर्ववत् अवस्थामा ल्याउन योगदान गर्न आग्रह गरेका छन् ।
सहयोग अभियानसँगै गोदावरी नगरपालिकाले पुनर्निर्माणलाई संस्थागत रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.