अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आगलागीबाट क्षति पुगेको भवन पुनः निर्माणका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकामा सोमबार बसेको सर्वदलीय बैठकले जनसहभागितामा नगरपालिका भवनको पुनर्निर्माण गर्ने प्रतिबद्धता पश्चात् नगरपालिकाले सहयोगको अपिल गरेको हो ।
नगरप्रमुख वीरेन्द्र भट्टले कार्यालयको भौतिक संरचना र कागजातहरू पूर्ण रूपमा ध्वस्त भएर कार्यालय सञ्चालन गर्न कम्प्युटर तथा अन्य उपकरण लगायतका सामाग्रीहरू जलेको अवस्थामा पुनः नगरपालिकालाई सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सङ्घसंस्था लगायतलाई सहयोगको अपिल गरे ।
बैठकमा नगरप्रमुख भट्टले कार्यालयको भौतिक संरचना, कागजात, कम्प्युटर र अन्य उपकरण पूर्ण रूपमा जलेर नष्ट भएको बताउँदै तत्काल नगरपालिकालाई सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी र विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न आग्रह गरे ।
नगरपालिकाले सहयोगको लागि एनआइसी एशिया बैंकको खाता नम्बर र क्युआर कोड सार्वजनिक गरेको छ । भट्टले भने, “हामी झुकेका छैनौं, फेरि परिवर्तन सहित उठ्ने वाचा गर्दछौं । जन सहभागिता मार्फतै नगरपालिकालाई पुनर्निर्माण गर्दै छिटोछरितो सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं ।”
सवैदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा पार्टीका नेता तथा कार्यकर्ताले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकमा होटल व्यवसायी धाना चोखालले पनि आफ्ना धारणा राख्दै सहयोग गर्ने घोषणा गरेकी थिइन । नगरको भवनमा सामग्रीका साथ भवनमा समेत क्षति पुगेको छ । क्षति हुँदा सेवा सुचारु गर्न सकेको छैन ।
