गोदावरी सामुदायिक वनद्वारा नगरपालिकालाई ३ थान कम्प्युटर सेट सहयोग

अत्तरिया, २ असोज : गोदावरी सामुदायिक वन उपभोक्ता समितिले नगरपालिकालाई कम्प्युटर सहयोग गरेको छ । जेन–जी आन्दोलनका कारण क्षति पुगेको गोदावरी नगरपालिकाले सामान्य सेवा सञ्चालनमा कठिनाइ भोगिरहेको अवस्थामा कम्प्युटर सहयोग गरेको हो

नगरपालिका वडा नं. ४ अन्तर्गतको समितिले २ लाख ८५ हजार बराबरको ३ थान डेस्कटप कम्प्युटर र ३ थान प्रिन्टर हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष दिलबहादुर मर्दैको पहलमा गरिएको यस सहयोगले नगरपालिकाको दैनिक सेवा प्रवाहलाई सहज बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको उपस्थितिमा सम्पन्न भएको थियो ।
नगर प्रमुख भट्टले सामुदायिक वन उपभोक्ता समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संकटको घडीमा गरिएको यस सहयोग प्रशंसनीय रहेको बताए ।

नगरपालिकाले सबैलाई सहयोगका लागि आह्वान गर्दै, इच्छुकले बैंक खाता क्युआरको माध्यममार्फत रकम, वा आवश्यक सामग्री उपलब्ध गराउन सकिने जानकारी दिएको छ । सामुदायिक वनको सक्रियताले गोदावरी नगरपालिकाको सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.