अत्तरिया, २ भदौ : कैलाली प्रहरीले ठूलो परिमाणमा अवैध भन्सारी सामान बरामद गरेको छ । प्रहरीका अनुसार २०८२ असोज १ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित परसिया चोकबाट भन्सार छली ल्याइएका विभिन्न सामान नियन्त्रणमा लिएको हो । बरामद सामानको अनुमानित मूल्य ५६ लाख ३४ हजार ६०१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीमा ११२ थान एयरबड, १५ हजार थान एयरफोन, ४० थान स्मार्टवाच, ६० थान पावरबैंक, २५५ थान पेनड्राइभ, १८ थान टेबल फ्यान, २ थान अपल वाच, २० थान अपल ब्लेण्डर, ६२ थान कुर्ता, १९ थान टिसर्ट, ५८ थान दौरा–सुरुवाल, ६ थान जुत्ता, २ थान पाइन्ट, ९ थान महिलाको टोप, ३२ थान हेडस्कार्फ लगायत रहेका छन् ।