धनगढी : संविधान दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारमा दीप प्रज्वलन गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।
स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनता लगायत विभिन्न संघसंस्थाहरुले अत्तरिया बजारको विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन् ।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले संविधान बनाउने क्रममा सहिद भएकाहरुप्रति श्रद्धा–सुमन व्यक्त गदैँ संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहको सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए । ‘हामी सबैका अधिकारहरु संविधानमा संस्थागत भएको बताएका छन् ।